नोबेलले सुरु गर्‍यो ‘टोकन सिस्टम’, अव पूर्जी काट्न लाइन बस्नु नपर्ने

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण ४, २०७९

बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’लागू गरेको छ। बिरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम शुरु गरेको हो।

अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ। त्यहाँ बिरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमा आफ्नो नम्बर देखाएपछि काउन्टरमा गएर पुर्जी लिने गरेका छन्। पहिले बिरामीको चापका कारण लामो समयसम्म लाइनमा उभिनुपर्ने बाध्यता थियो। BIRAMI

बिरामी र विरामीका आफन्तको सहजताका लागि पूर्जी काउन्टरमा टोकन सिस्टम लागू गरिएको नोबेल अस्पतालकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभयो। नोबेलले अन्य स्थानमा पनि यो सिस्टम लागू गर्ने तयारी गरेको छ।

टोकन सिस्टम लागू भएपछि पुर्जी लिन बिरामीले लाइनमा उभिएर पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। यो सेवा शुरु भएपछि धेरै सहज भएको बिरामी र बिरामीका आफन्तले बताएका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved