केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाकी उपाध्यक्षकी उम्मेद्वार मनमाया मगरले गठबन्धन धारी दलहरुलाई स्यालको संज्ञा दिँदै लुक्ने दुलो खोज्दै गर्न चेतावनी दिनुभएको छ। नेकपा एमाले केराबारीले केराबारी ९भलुवामा आईतबार गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिनुभएको हो।

सिंह(एमाले) बिरुद्द स्यालहरु(गठबन्धन सम्बद्द दलहरु) को बिजय असम्भव भएको भन्दै उपाध्यक्षकी उम्मेद्वार मगरले स्यालले सिंहलाई परास्त गर्न नसक्ने दावी गर्नुभयो। बैशाख ३० गतेको निर्वाचनमा मतदाताले नेकपा एमालेलाई मतदान गरेर बिजयी गराउने दावी गर्नुभयो। उहाँले स्यालहरु बैशाख ३० पछि भाग्ने भन्दै लुक्ने दुलो खोज्दै गर्न आग्रह गर्नुभएको हो। manmaya

उपाध्यक्षकी उम्मेद्वार मगरले गठबन्धन आवद्द दलहरुलाई निभ्ने बेलाको बत्तिको संज्ञा दिँदै भन्नुभयो‘देउवा, दाहाल र नेपालका चेलाहरु कान खोलेर सुन, निभ्ने बेलाको बत्ति चम्किलो बल्छ, तिमिहरु त्यहि निभ्ने बेलाका बत्ति हौ, अव तिमिहरुको निभ्ने दिन आउँदैछ बैशाख ३०पछि मतदाताले तिमिहरुलाई निभाएरै छाड्नेछन् अनि तिमिहरुको फुरफुरको अवसान हुनेछ’।

उहाँले केराबारी गाउँपालिकाका कांग्रेसका साथीहरु पराजित मानसिकताबाट ग्रसित भएको भन्दै उनिहरुको कुनै स्पष्ट राजनैतिक एजेण्डा नै नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘एजेन्डा बिहिन भएका बबुराहरु ब्यक्तिगत मानहानी गर्न थालेछन्, मैले नै मनमायालाई राजनीति सिकाएको भन्न भ्याएछन्,
मैले केहि नजानेको भए मेरो पार्टीले मलाई यत्रो जिम्मेवारी किन दियो होला ?’ home

मन्तब्यकै क्रममा उहाँले केहि दिन पहिला बिपक्षीले भाषणका क्रममा भलुवाको सडक आँफुले बनाउन नदिएको भनेर अनर्गल प्रचार गरेको भन्दै आफ्नो बिरोधले रोकिने भए तपाँईकै पार्टीका वडाध्यक्ष अनि तपाँईकै पार्टीका मान्छे गाउँपालिका अध्यक्ष थिए त किन नगरेको पिच भनेर प्रश्न गर्नुभयो। manmaya 2