बिराटनगर/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ सय १७ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ५८ र ५ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सामाजिक बिकास मन्त्रालयले पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको जनाएको छ।

मोरङको बिराटनगरमा १सय ६१जनामा , बुढीगंगामा १६, सुन्दरहरैचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८–८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४–४, रंगेलीमा ३, ग्रामथानमा २, लेटाङ, धनपालथान, सुनबर्षी, केराबारी र जहदामा १–१मा संक्रमण पुष्टि भएको हो।

यस्तै झापाको बिर्तामोडमा ३०, दमकमा २३, कनकाईमा १८, अर्जुनधारामा १३, मेचीनगरमा ८, भद्रपुर र शिवसताक्षीमा ६–६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, कचनकवल, बाहृदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी सुनसरीको इटहरीमा २५, इनरुवामा ७, बराहक्षेत्रमा ४, रामधुनी, बर्जु र गढीमा ३–३, धरान, दुहवी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, हरिनगर, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको इलाम नगरपालिका, माई र रोङमा १–१, खोटाङको बराहपोखरी र दिप्रुङमा १–१, उदयपुरको त्रियुगामा २, पाँचथरको मिक्लाजुङ, तेहृथुमको मेन्छयायम र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यसैगरी प्रदेश १ मा आज २सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९६जना महिला र १सय २० जना पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जना पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ८५४ रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।