सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ। आईतबार बिहान नेपाली कांग्रेस सुन्दरहरैँचा ४स्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ्गले यसो भन्नुभएको हो।

क्षेत्रीय सभापति तामाङ्गले हिजो पार्टीको महाधिबेशनका क्रममा गुट उपगुटमा बिभाजित भएर आन्तरीक प्रतिष्पर्धा गरेतापनि अव कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बेला भएको बताउनुभयो।

कांग्रेसमा तुस बोक्ने सँस्कार रहेको भन्दै सभापति तामाङ्गले तुसका कारण आँफैले हार ब्यहोर्नुपर्ने अवस्था आएको बताउनुभयो। नेपाली कांग्रेससँग ठुलो जतमत भएतापनि तुसका कारण कमजोर बन्नुपरेको औँल्याउँदै सभापति तामाङ्गले तुस नबोक्न नेता कार्यकतासँग आग्रह गर्नुभयो। dai

उहाँले आगामी स्थानीय निर्वाचनका लागि टिकटको लागि अस्वस्थ्य प्रतिष्पर्धा नगर्न आग्रह गर्दै जसले टिकट ल्याएपनि टिकट पाएपनि कांग्रेसले जित्ने सम्झन आग्रह गर्नुभएको छ। सभापति तामाङ्गले टिकटको लागि नेतृत्वको ढोका नढक्ढक्याउन आग्रह गर्दै त्यो समय वडा वडामा कांग्रेसलाई बलियो बनाउन खर्चन आग्रह गर्नुभएको छ।

उहाँले अव टिकट वितरण गर्दा सक्षम अनि वडामा बसेर पार्टी बलियो बनाउनेले प्राथमिकता पाउने भन्दै टिकटका लागि दौडधुप गर्न बन्द गर्न आग्रह गर्नुभएको छ। उहाँले अव सबै कांग्रेसीले कांग्रेसलाई दह्रो बनाउन दौडधुप गनुपर्ने बेला आएको भन्दै टिकटका लागि दौडधुप गर्नु भन्दा पार्टीलाई मजबुद बनाउन दौडधुप गर्न निर्देशन दिनुभयो।

उहाँले कम्युनिष्ट फुटेर हामी बलियो भयौँ भनेर ढुक्क भएर नबस्न आग्रह गर्दै संगठन बलियो बनाउन लागीपर्न निर्देशन दिनुभयो। उहाँले आँफुले अव क्षेत्रीय समितिमा सदस्यहरु मनोनित गर्दा भुगोल, बरिष्ठता अनि पार्टीमा योगदान पुर्‍याएकाहरुलाई समेट्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ।