सुन्दरहरैँचा/ नेपाली कांग्रेसको जारी १४औँ महाधिबेशनका कारण देशैभर नेपाली कांग्रेसका कार्यकर्ताको चहलपहल चलिरहेको छ। देशका धेरैजसो ठाउँमा वडा अधिबेशन सकिसकेको छ भने कतिपय ठाउँमा अधिबेशन हुने क्रममा छ।

यसैक्रममा मोरङमा पनि नेपाली कांग्रेसको महाधिबेशन गर्माएको छ । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईराला देखि अहिले सभापतिको चर्चामा रहेका शेखर कोईराला सम्मको निर्वाचन क्षेत्र हो मोरङ्ग।

मोरङ्गमा मिनेन्द्र रिजाल देखि महेस आचार्यसम्मका नेता यहीँबाट संघीय संसदमा उम्मेद्वार बनेका थिए। यसैले मोरङ्ग जिल्ला नेपाली कांग्रेसको लागि आफ्नो प्रतिष्ठा जोडिएको जिल्लाका रुपमा हेर्ने गरेको छ।

यसैक्रममा नेपाली कांग्रेसका नेता देवराज तामाङ्गले मोरङ्ग क्षेत्र नम्बर ६मा क्षेत्रीय सभापतिको रुपमा दावेदारी प्रस्तुत गर्नुभएको छ। सुन्दरहरैँचाको गछिया निवासी तामाङ्गले शुक्रबार नेपाली कांग्रेसको वडा नम्बर ५को पार्टी कार्यालयमा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा क्षेत्रीय सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको हो।

को हुन तामाङ्ग ?
मोरङ्गको तत्कालिन सुन्दरपुर गाबिसस्थित साजिलाल माबिमा अध्ययन गर्दा ताका नै नेबिसंघबाट बिद्यार्थी राजनीति शुरु गर्नुभएका तामाङ्गले नेपाली कांग्रेसको कृयाशिल सदस्यता २०५८मा लिनुभएको हो।

त्यसपछि नेपाली कांग्रेसको १२औँ महाधिबेशनमा तत्कालिन क्षेत्र नम्बर ८को क्षेत्रीय सभापतिमा केराबारीका रोहित कार्कीसँग २ मतले पराजित हुनुभएको थियो। यसैगरी १३औँ महाधिबेशनमा तत्कालिन क्षेत्र नम्बर ८मा अनुरोध शाहलाई ३७मतले पछि पार्दै क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको थियो।

यसपछि क्षेत्र समायोजन भएपछि तामाङ्गले मोरङ्ग क्षेत्र नम्बर ६(क) को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिरहनुभएको छ। लामा कन्ट्रक्सन, शिवोम क्रसरका सञ्चालक तामाङ्गले मोरङ्ग काष्ठ ब्यवसायी संघको जिल्ला उपसभापतिको जिम्मेवारीसमेत सम्हाली सक्नुभएको छ। तामाङ्ग अहिले क्रसर तथा खानी उद्योग ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ।

अवको लक्ष्य
नेता देवराज तामाङ्गले आँफु क्षेत्रीय सभापतिमा निर्वाचित भईसकेपछि गुट उपगुटलाई प्रश्रय नदिएर सबैजनालाई समान रुपमा ब्यवहार गर्दै अघि बढ्ने योजनामा हुनुहुन्छ।

उहाँले हाम्रालाई हैन राम्रालाई साथमा लिएर अघि बढ्दै नेपाली कांग्रेसलाई अवको संघीय निर्वाचनमा जिताउन कम्मर कसेर अघि बढ्ने अठोट लिनुभएको छ। कांग्रेसलाई मोरङ्गमा अझ मजबुद बनाउन कुनै कसर बाँकी नराख्ने तामाङ्गको प्रतिबद्दता छ।

उहाँ समान दृष्टिकोण बनाएर अघि बढ्दै पार्टिबाट आउने सेवा सुबिधालाई समानरुपले बाढ्नेमा दृढ हुनुहुन्छ।

हेर्नुस भिडियो :-