इटहरी/ मोरङ्ग र सुनसरीको सिमाना रहेको बुढिखोला अनि मोरङ्गको गछिया खोलामा अनधिकृत रुपमा प्रवेश गरेर ढुंगागिटि चोर्नेहरुको ‘रुवाबासी’ चल्न थालेको छ। अघिल्ला बर्षहरुमा असार मसान्त देखि भदौ मसान्तसम्म पनि ‘मनमोजी’ अनधिकृत उत्खनन् गर्नेहरुको यसपटक चोर्न नपाएपछि ‘रुवाबासी’ चल्न थालेको हो।

यसबर्ष प्रहरीले कडाँई गर्न थालेपछि चोरीखान पल्केकाहरुको ‘उठिबास’ लागेको छ। खोलामा पस्ने बित्तिकै प्रहरी आएर गाडि नियन्त्रणमा लिनथाले पछि उनिहरुको चोरीखाने बाटो टुटेको हो।

एकजना ट्याक्टरवाला भन्छन् अगिल्ला बर्षहरुमा त ‘चोरीचकारी’ नि चल्थ्यो यो पटक त छैन सुख्खा लागेको छ। असार यता त खोलामा छि¥यो कि प्रहरी आईपुगिहाल्छ। फाईन तिर्नको हैरान छ। उनि भन्छन अगाडि त भनसुन चल्थ्यो यो पटक त भनसुन पनि चल्दैन, कम्प्रमाईज नि हुन्न। प्रहरीले भेट्यो कि नियन्त्रणमा लिईहाल्छ। फाईन तिरेको रसिद नदेखाए सम्म छोड्दै छोड्दैनन्।

केहि समय अगाडी एउटा ट्याक्टर बुढिखोला एरियाबाट प्रहरीले नियन्त्रणमा लियो, नियन्त्रणमा लिएपछि ट्याक्टरवालाले वडा तहका नेता देखि नगरस्तरीय नेतासम्मलाई फोन घुमाए, वडाका नेता, नगरका नेता कसैको ‘दाल गलेन’ त्यसपछि ट्याक्टरवालाले प्रदेशका एकजना सांसदलाई फोन घुमाए, त्यसपछि ति सांसदले चोर ट्याक्टर छुटाउन नियन्त्रणमा लिएको प्रहरी यूनिटका प्रमुखलाई फोन घुमाए। त्यसपछि प्रदेश सांसदले चोर ट्याक्टर छोड्न दबाव दिएका थिए सांसदले नि ‘राम्रै डाईलग’ भेटेछन् । त्यसपछि बाध्य भएर जरिवाना तिरेर ट्याक्टर छुटेको रहेछ ।

बुढिखोला र गछियाबाट श्रावण यता २८बटा नियन्त्रणमा
इलाका प्रहरी कार्यालय बेलबारीको मातहतमा रहेको प्रहरी चौकी गछियाले श्रावण महिना यतामात्र २८वटा प्राकृतिक श्रोतको चोरी गर्ने ट्याक्टर नियन्त्रणमा लिएको छ। श्रावण महिनामा २५वटा र भदौ लागिकन ३ वटा गरेर २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी निरिक्षक सरोज खनालले बताउनुभयो।

यसबाट जनहि ५ हजार रुपैँयाका दरले जरिवाना गरेर सुन्दरहरैँचा नगरपालिकाले एकलाख ४०हजार रुपैँया जरिवाना असुल गरेको छ।

बैशाख यता ५४ वटा मालबाहक साधन सहित दुईजना प्रहरी नियन्त्रणमा
इलाका प्रहरी कार्यालय बेलबारी र मातहतका प्रहरी कार्यालयहरुले बैशाख यता ५४ वटा मालबाहक साधन अबैध रुपमा उत्खनन् गर्दै गर्दा नियन्त्रणमा लिएको छ ।

प्रहरीले माथि समाचारमा उल्लेखित ४९वटा ट्याक्टर, एउटा ट्रिपर, तीनवटा जेसिभी, एउटा स्काभेर र दुईजना मानिस अवैध उत्खनन् गर्दैगर्दा नियन्त्रणमा लिएको हो।

यसबाट प्रहरीले ५ लाख ९४हजार रुपैँया जरिवाना असुल गराएको छ।