इटहरी/ सुनसरीको इटहरीमा नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टको उद्घाटन गरिएको छ। उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले एक कार्यक्रमका बीच मार्टको उद्घाटन गर्नुभएको हो। IMG_1100

पूर्वलाईनस्थित मिलनचोक पश्चिमपट्टि शुरु भएको साथीमार्टको ७३औ शाखा रहेको कार्यक्रममा जानकारी दिईएको छ। ओ टु ओ (अनलाइन टु अफलाइन) सुबिधासहित शुरु भएको साथीमार्ट करिब ३ करोड रुपैँया लागतमा सञ्चालनमा आएको हो। IMG_1108

इटहरीमा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा बितरण केन्द्रसमेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताउनुभयो।

फेन्चाइज नभई साथीमार्ट इनकर्पोरेट प्रा लि को पुर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको वेबसाइट WWW.SAATHIMART.COM मा गएर आवश्यक सामान अर्डर गरि घरैमा डेलिभरी पनि मगाउन सकिने जनाईएको छ। IMG_1097

साथीमार्टमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने र मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फ्ल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सनलगायतको सुबिधा रहने छ ।