रामेछाप/ रामेछापका यूवा ब्यवसायी सरोज मोक्तान तरुण दल बाग्मती प्रदेश सदस्यमा मनोनयन भएका छन्। मोक्तानलाई नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णयले प्रदेश सदस्यमा मनोनयन गरेको हो।

ब्यवसायी मोक्तानलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं तरुण दल बिभाग प्रमुख शंकर भण्डारीले प्रदेशको सदस्यमा मनोनयन गरेको प्रमाण पत्र प्रदान गर्नुभएको छ। samdhi

ब्यवसायी मोक्तानले आँफुलाई योग्य सम्झेर प्रदेश सदस्यमा मनोनयन गरिएको प्रति धन्यबाद ब्यक्त गर्दै नेपाली कांग्रेस तरुण बिभाग एवं बिभाग प्रमुख शंकर भण्डारी प्रति कृतक्षता अर्पण गरेका छन। saroj

मोक्तानले नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्र प्रति आस्था राख्ने यूवा तरुणलाई समन्वय गरि गतिशिल बनाउन सँधै लागिपर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन्।