बेलबारी/ गएको भदौ ९ गते बेलबारीकी एकजना किशोरी निगुरो टिप्न जंगल गएको बेला बलात्कृत भईन । सो घटनामा बलाकृत किशोरीकै नातापर्ने बालकहरु संलग्न थिए । घटनामा १२, १३, १४ बर्षका बालकहरु थिए । घटनामा बालकहरुलाई बेलबारी ११ लक्ष्मीमार्गका ४० बर्षीय होम तामाङ्गले त्रास देखाएर ‘यौनसम्पर्क’ गर्न लगाएर भिडियो खिचेका थिए ।

त्यसपछि सोहि भिडियो देखाएर त्रास देखाउँदै तामाङले किशोरीलाई बलात्कार गरेका थिए । तामाङले चिनजानकै किशोरीलाई निगुरो टिप्न गएको बेला जंगलमा शारीरिक सम्पर्क गर्न लगाएको सोबेला प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

निगुरो टिप्न जंगल गएको बेला जंगलमा लाठीसहित त्रास देखाएर तामाङले बालकहरुलाई ‘यौनसम्पर्क’ गर्न लगाएका थिए । तामाङ्गले शुरुमा बालकहरुलाई नियन्त्रणमा लिएर मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु भन्दै पालैपालो किशोरीमाथि ‘यौनसम्पर्क’ गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

बालकहरुले नातापर्ने दिदिलाई ‘यौनसम्पर्क’ गर्न नमानेपछि तामाङले त्रास देखाउँदै दुई घण्टाभन्दा बढी नियन्त्रणमा लिएर घटना गराएको प्रहरी अनुसन्धानका क्रममा खुलेको तत्कालिन बेलबारी प्रहरी प्रमुख ऋषिराज ढकालले त्यसबेला जनाउनुभएको थियो । सो समयमा आफूमाथि धम्की आएपछि डरका कारण उनीहरु घटना सहन बाध्य भएको बुझिएको छ ।

‘यौनसम्पर्क’ गराएको भिडियो तामाङले मोबाइलबाट बनाएपछि भोलिपल्ट घरमा तीनजना बालक र किशोरी चारैजनाले मानसिक रुपमा बिक्षिप्त व्यवहार गरेपछि परिवारले सोधिखोजी गरेका थिए । तामाङले घटना भएको भोलिपल्ट पिडितहरुको घरघरमा पुगेर घटना दबाउन दबाब दिएका थिए । घटना सार्वजनिक भएपछि तामाङ फरार भएका थिए ।

घटनाका बारेमा जानकारी पाएपछि अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा गत बर्षको भदौमा नै तामाङबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

११ महिनापछि समातिए तामाङ्ग
घटनामा संलग्न तीनैजना बालकहरुलाई गएको भाद्र ११ गते पक्राउ गरिएको अनि गएको भाद्र १४ गते बयान लिएर जिल्ला सहकारी वकिलको कार्यालयको सहमति लिई हाजिरी जमानीमा छाडिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनाका मुख्य पात्र होम तामाङ तत्काल फरार थिए ।

घटनामा तत्काल फरार तामाङलाई पक्राउ गर्न २०७७ भदौ १४ गते मोरङ जिल्ला अदालतबाट अनुमति लिएको बेलबारी प्रहरी प्रमुख सरोज खनालले बताउनुभयो ।

IMG_1082
प्रहरी निरीक्षक सरोज खनाल घटनाबारे जानकारी गराउँदै/ तस्विर : पूर्वीखबर

सो समयदेखि फरार रहेका तामाङ्गको बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको टोलिले सुक्ष्म अनुसन्धान गरिरहेको बेला तामाङलाई ३ महिनादेखि चितवनको राप्ती नगरपालिका १ मा रहेको एक होटलमा काम गरेर लुकिछिपि बसेको अवस्थामा फेला पारेको थियो ।

चितवनबाट तामाङ्गलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलिले हिजो श्रावण २३ गते बिहान सवा ७ बजे नियन्त्रणमा लिएर बेलबारी ल्याएको प्रहरी निरीक्षक सरोज खनालले बताउनुभयो ।

पक्राउ परेका तामाङ्गलाई आईतबार मोरङ्ग जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँचदिन म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको मोरङ्ग प्रहरी प्रवक्ता प्रनाउ दिपक श्रेष्ठले पूर्वीखबरलाई जानकारी दिनुभयो।