इटहरी/ सुनसरीको इटहरीमा बिहिबार गरिएको रक्तदान कार्यक्रममा ६७ प्रिन्ट रगत संकलन भएको छ। नेपाल औषधी व्यवसायी इटहरी, इटहरी आइडल ग्रुप र लायन्स क्लब अफ इटहरी मनकामनाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो। bloood

कोरोना महामारीका कारण रगतको अभाव भएको भन्दै रक्तदान कार्यक्रम गरिएको कार्यक्रम आयोजकले जनाएका छन् । कार्यक्रमको अवसरमा इटहरीका पुराना तीनजना औषधी व्यवसायीलाई सम्मान गरिएको थियो। नेपाल औषधी व्यवसायी संघ इटहरीका संयोजक सञ्जीव खड्काले गौतम मेडिकल सञ्चालक रुक्मणी गौतम, प्रतिमा प्रयोगशाला सञ्चालक शालिकराम कार्की र शुभत नारायण यादवलाई सम्मान गर्नुभएको हो। bllood

रगतको चरम अभाव देखिएकाले अभावलाई मध्यनजर गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको आइडल ग्रुपका संयोजक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।