सुनसरी/ सुनसरीको इटहरी यूवा समाजले मंगलबार र बुधबार गरेर इटहरीका १७ घरमा राहत वितरण गरेको छ। समाजले बुधबार इटहरी १८मा र मंगलबनर इटहरी ४ र ६मा राहत वितरण गरेको हो।

रोगले होईन भोकले मानिसहरु नमरुन भनेर आँफुहरुले अभियान नै सञ्चालन गरेर राहत वितरण गरेको समाजका युवराज गौतमले बताउनुभयो। उहाँले अहिलेको यस्तो बिषम परिस्थितीमा कोहि खानै नभएर तड्पिनु नपरोस भनेर आँफुहरुले स्वतस्फुर्त रुपमा राहत बिवरण गरेको बताउनुहुन्छ।

गौतमले बुधबार इटहरी १८ लोकतान्त्रिक टोलका ७ घरलाई राहत बितरण गरिएको बताउनुभयो। यस्तै मंगलबार (हिजो) इटहरी ४ गैरीगाउँका ९घरमा र इटहरी ६ जुटबिकास स्थित एक घरमा राहत वितरण गरिएको बताउनुभयो।

गौतमले आवश्यकता हेरेर राहत वितरण कार्यक्रमलाई निरन्तरता दिईने समेत बताउनुभएको छ।

(प्रस्तुत समाचारमा प्रयोग भएको तस्विरमा राहत लिनेहरुको आत्मसम्मानमा चोट नपुगोस भनेर अनुहार लुकाईएको हो-सम्पादक)