इटहरी/ गत जेठ ३ गते संखुवासभाको खाँदबारी ३ का २१ बर्षीय बिष्ट थरका यूवाले मोरङ्गको बेलबारीकी १९ बर्षीया किशोरीलाई भगाए। लकडाउनको समयमा छोरी हराएपछि किशोरीकी आमाले छोरीको खोजी तिब्र बनाईन। खोजीका क्रममा बिवाह गर्ने उमेर नपुगेकी छोरीले बिवाह गरेपछि आमाको मन न हो बिचलित भयो।

उनिहरुले इटहरी ४ स्थित एक मन्दिरमा गएर सिन्दुर पोते (टिकाटालो) गरेका थिए। विवाहमा मन्दिरका पुरोहितले बिधिबिधान सिकाईदिएका थिए या भनौ विवाह गराईदिएका थिए ।

विवाहमा दुलाहाकी भाउजु र भाई पनि सहभागी थिए। अन्तत्वोगत्वा यो विवाह सबैजनालाई अभिसाप भएको छ। नावालकको विवाह भएको उजुरी परेपछि इलाका प्रहरी कार्यालय इटहरीले बालबिवाह गर्ने दुलाहा दुलहीसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।

बालबिवाह गरेको कसुरमा पक्राउ परेका पाँचैजनालाई कोभिड १९ का कारण जिल्ला सरकारी वकिलको कार्यालयको अनुमतिमा हाजिरी जवानीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस्तो छ बालविवाह गर्नेलाई सजायको ब्यवस्था
मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा बालबिबाह गर्न नपाउने उल्लेख छ। उदि बालबिवाह गरिहालेमा स्वत बद्दर हुने उल्लेख छ ।

अनि बिवाह गर्ने केटा र केटि दुवैलाई अनि बैवाहिक कार्यक्रममा सहभागी सबैजनालाई ३ बर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुने प्रावधान छ।

(प्रस्तुत समाचारमा ब्यक्तिगत गोपनियताका कारण सबैजनाको नाम गोप्य राखिएको छ–सम्पादक)