सुनसरी/ नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १६ हजार ६५८ पीसीआर परीक्षण गर्दा सात हजार ३ सय ८८ जना र ५१८ एन्टिजेन परीक्षण गर्दा ६०जनामा गरी सात हजार ४सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको जनाएको छ भने पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २हजार २१जना रहेको जनाएको छ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ४३ हजार ४सय १८जना पुगेको छ। जसमध्ये ५४ हजार ४१जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा छन्। उपचाररत संक्रमितमध्ये ५सय ७८ जना आईसीयूमा र १सय ४२ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १ सय १२जना, मोरङमा ३ सय ६२जना, झापामा ४८जना, धनकुटामा ९७ जना, सिरहामा २७ जना, सप्तरीमा २१ जना, उदयपुरमा १२जनामा सं क्रमण भएको छ।

यसैगरी काठमाडौंमा दुई हजार ९सय २२जना, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये एक हजार १८१ जना अस्पतालमा उपचाररत छन्। जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा छन्। यस्तै रुपन्देहीमा ६१९ जना, बाँकेमा ४४० जना, कास्कीमा ३५५ जना, चितवनमा १७५ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै कैलालीमा १२७जना, काभ्रेपलाञ्चोकमा ११९जना, कपिलवस्तुमा ११५जना, र दाङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पर्सामा ९७ जना, पाल्पामा ९३, कञ्चनपुरमा ६०, मकवानपुर र बर्दियामा ४४÷४४ जना, नवलपरासी पश्चिममा ४२, नुवाकोटमा ३९, सिन्धुपाल्चोकमा ३२, गोरखा र सल्यानमा ३१/३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ३०, बैतडीमा २८, डडेल्धुरामा २६, धादिङमा २५, म्याग्दी, नवलपरासी पूर्व र अर्घाखाँचीमा २४/२४ जना, सर्लाही र लम्जुङमा २०/२० जना, गुल्मीमान १९, बारा र तनहुँमा १८/१८ जना, रौतहटान १७, सिन्धुलीमा १६, जुम्लामा १५,पर्वतमा १४, र सल्यानमा १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै संखुवासभामा १३, रामेछाप र रोल्पामा १०/१० जना, प्युठानमा ८, बागलुङमा ९, खोटाङ र अछाममा ६/६ जना, तेह्रथुम र दैलेखमा ५/५ जना, इलाम, ताप्लेजुङ, भोजपुर र रसुवामा ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी पाँचथर, सुर्खेत र दार्चुलामा ३/३ जना, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मुस्ताङ, रूकुम पूर्व, कालिकोट, मुगु, हुम्ला र डोटीमा २/२ जना र रूकुम पश्चिम, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १५६जना बालबालिका र १० देखि १९ वर्ष मुनिका ४२९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ।