सडक निर्माण सम्पन्न भएसँगै कानेपोखरी र रंगेलीको छोटियो दुरी मोरङ्गको कानेपोखरी रंगेली सडकको उद्घाटन

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र १८, २०७७

पथरी/ मोरङ्गको कानेपोखरीदेखि रंगेलीसम्म निर्माण सम्पन्न भएको सडकको बुधबार उद्घाटन गरिएको छ। कानेपोखरी रंगेली सडकको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गर्नुभएको हो। IMG_9807

भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको सो सडक लामा डाँफे द कञ्चनजंगा जेभिले निर्माण गरेको हो। कुल २५ किलोमिटर ४ सय मिटर रहेको सो सडक ६२ करोड ३० लाख (मुल्य अभिबृद्दि करबाहेक) रुपैँयामा निर्माण सम्पन्न गरेको निर्माण कम्पनिले जनाएको छ। IMG_9836

७ मिटर पिच र दायाँबायाँ २/२ मिटर सोल्जर गरेर ११ मिटर चौडाई रहेको कानेपोखरी रंगेली सडकको रंगेली खण्डमा भने पुरै ११ मिटर चौडाई र दायाँ बायाँ टायल ब्लक, कर्व स्टोन र रेलिङ पोष्ट सहित निर्माण गरिएको छ। IMG_9831

२०७३ मा सम्झौता भएर २०७५ असारमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक विविध आन्तरीक कारण एवं कोरोना भाईरसका कारण ढिला भएर २०७७ चैत्रमा मात्र सम्पन्न गर्न सकिएको निर्माण कम्पनिले जनाएको छ। IMG_9826

यसैबीच सडकको उद्घाटन गर्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले सडक निर्माणले स्थानीय जनतामा खुसीको सञ्चार भएको बताउनुभएको छ। अध्यक्ष काफ्ले सडक निर्माण भएसँगै रंगेली र कानेपोखीको दुरी घटेको बताउनुभयो। उहाँले भन्नुभयो, पहिला कच्चि सडक हुँदा यात्रा गर्न धेरैबेर लाग्थ्यो अहिले कम समय लाग्छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved