बिराटनगर/ शुक्रबार पुनर्गठन गरिएको प्रदेश १ मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराईएको छ। नवनियुक्त मन्त्रिहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शेररधन राईले सपथग्रहण गराउनुभएको हो।

मन्त्रिमण्डलका नयाँ अनुहारमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा समाहित भएका र माओवादी छाडेर एमाले भएकाहरु प्राथमिकतामा परेका छन्।

नवनियुक्त मन्त्रीहरुमा माओवादी छाडेर एमाले प्रवेश गर्नुभएका टंक आङ्बुहाङसहित नेपाल समुह छाड्ेका उषाकला राई, कला घले र राजकुमार ओझा र यसअघिका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र राम राना मन्त्री बन्नुभएको हो।

आङ्बुहाङलाई अर्थ मन्त्रालय, उषाकलालाई सामाजिक बिकास, अम्बिरबाबुलाई भौतिक पूर्वाधार र राम रानाले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले सपथ गराउनुभएको हो। यस्तै कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। उहाँहरुलाई मु्ख्यमन्त्री शेरधन राईले सपथ गराएका हुन् ।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।

शपथ ग्रहणमा सहभागी भएनन् आन्तरिक मामिला मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की नयाँ मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ। शुक्रबार मुख्यमन्त्री शेरधन राईले पार्टीभित्र आफूलाई संकट परेको बेला सहयोग गर्ने पाँचजना र माओवादी केन्द्र छाडेका एकजनालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा भएको शपथ ग्रहण समारोहमा कार्की सहभागी नहुभएको हो।

मन्त्री कार्कीको सचिवालयले भने स्वास्थ्यमा समस्या भएका कारण कार्की शपथ ग्रहण समारोहमा सहभागी नहुनुभएको बताएको छ। मन्त्री कार्कीले भने आफू बाहिर भएका कारण शपथ ग्रहण समारोहमा सहभागी नभएको बताउनुभयो। उहाँले भन्नुभयो ‘म बाहिर भएका कारण शपथ ग्रहण समारोहमा सहभागी हुन पाईन’, ‘अहिले निवासमै छु, नवनियुक्त मन्त्रीज्यूहरूमा बधाई व्यक्त गर्दछु।’ मन्त्री कार्कीले सरकार बिस्तार हुँदा आफ्नो कुनै असन्तुष्टि नरहेको बताउनुभएको छ।

यो छुटाउनुभएको थियो कि ? मुख्यमन्त्री शेरधन राईद्वारा मन्त्रिपरिषद् बिस्तार, यि हुन् नवनियुक्त मन्त्रिहरु