सुनसरी/ आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुनसरी शाखाको अध्यक्ष पदमा इनरुवाका इकबाल अहमदको उम्मेद्वारी पक्कापक्की देखिएको छ। दुईदशक अघिदेखि सुनसरीको पत्रकारितामा आवद्ध अहमद नेपाल प्रेस युनियनबाट अध्यक्षका दावेदार हुन्।

आसन्न निर्वाचनमा सुनसरीको आगामी नेतृत्वका लागि युनियन भित्र ६ जना उम्मेद्वारको दावी देखिएपनि अहमद भने यसपटकका मजबुत दाबेदारको रुपमा अहिले जिल्लाका पत्रकार माझ चर्चामा रहेका छन्।

सदरमुकाम इनरुवाका पुराना सञ्चारकर्मीका रुपमा परिचित अहमद प्रेस युनियनबाट उम्मेदवार हुने सम्भावना बढ्दै गएको युनियन निकट सञ्चारकर्मीहरुले आँकलन गर्न थालेका छन्।

यसअघि दुईपटक संगठनले उनलाई आधिकारिक उम्मेदवार न बनाएपनि उनी बिद्रोही उम्मेद्वारका रुपमा निर्वाचनमा होमिँदा झिनो मतले पराजित भएका थिए।

सुनसरीका पत्रकार माझ राम्रो सम्बन्ध रहेकै कारण अहमदको उम्मेद्वारी पक्कापक्की रहेको उनि निकट सञ्चारकर्मीहरुको भनाई छ।

यसबारे अहमदसँग प्रश्न गर्दा उनले आफू आबद्ध संगठनको निर्णय पर्खी बसेको बताएका छन्। उनले नेपाल प्रेस युनियनले आफुलाई उम्मेदवार बनाउनेमा आफू बिश्वस्त रहेकोले आसन्न निर्वाचनमा आफ्नो उम्मेद्वारी निश्चित रहेको बताएका छन्।