खोर्साने/ मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुन्दरहरैँचा उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपाको समर्थनमा टिकाप्रसाद कट्टेलको नेतृत्वमा प्यानल घोषणा गरिएको छ। नेकपाको समर्थनमा सोमबार घोषणा गरिएको समुहमा प्रथम उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, महासचिवमा सन्तोष बान्तवाको उम्मेद्वारी परेको छ।

यस्तै यो प्यानलको द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना(नबिन), उद्योग सचिवमा हरिबहादुर कार्की, बाणिज्य सचिवमा रामकृष्ण खड्का, कोषाध्यक्षमा डिल्लीप्रसाद ढकालको उम्मेद्वारी परेको छ।

यस्तै सदस्यहरुमा टेककहादुर सार्की(कुमार मिजार), सुरेश कुमार श्रेष्ठ(इन्जिनियर), महेन्द्र कुमार आचार्य, रामकुमार बस्नेत(बिप्लव), मनोज गुरागाँई, किरणदेवी रौनियार, तारा शाक्य, बिष्णु प्रसाईँ रहेका छन्। umed

यस्तै लेखा संयोजकको उम्मेद्वारमा रुद्र थापा, लेखा सदस्यमा भक्तिबिलास घिमिरे र लेखा सदस्यमा ध्रुवप्रसाद दाहालको उम्मेद्वारी परेको छ।

देशैभरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भएर एकअर्काबिरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला सुन्दरहरैँचामा भने उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ।

दुवै नेकपाले मोरङको सुन्दरहरैँचा उद्योग बाणिज्य संघको कार्यसमितिको फागुन २२ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका हुन्। नेकपाले स्वतन्त्र ब्यक्तित्व कट्टेललाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको हो भने कार्यसमितिको अन्य पदमा दुवै नेकपा समर्थक व्यवसायी उम्मेदवार बनेका हुन्।

नेपाली कांग्रेस समर्थित समूहबाट अध्यक्षका उम्मेदवार भने कृष्ण रिजाल छन्।

यसैबीच मंगलबार बिराटचोकमा बसेको कट्टेल समुहको निर्वाचन परिचालन समितिको छलफलको क्रममा उद्योगी भोला दुलालले सम्पुर्ण उधोगी, ब्यावसायी र ब्यापारी बर्गमा कट्टेलको समुहलाई निर्वाचित गराउन अनुरोध गर्नुभएको छ।

निर्वाचन परिचालन निर्देशन समुहको सदस्य समेत रहनुभएका दुलालले उधोग बाणिज्य संघमा सहमति गरेर कार्यसमिति चयन गर्ने निर्णय भएको भएपनि त्यो सहमतिलाई अर्को पक्षले तोडेको हुँदा कट्टेल समुहको प्यानललाई बिजयी गराउन लागि परेको बताउनुभएको छ।

अध्यक्षका उम्मेद्वार कट्टेल पूवाञ्चल पोलिमर प्रालिको प्रवन्ध निर्देशक, सुन्दरहरैँचा ११ बेलेपुरमा रहेको हिमालय आधारभुत बिद्यालयका पूर्व प्रधानाध्यापक हुनुहुन्छ। मोरङको उत्तरी क्षेत्रको ठुलो पूजी भएको सहकारी सँस्था सुकुना सहकारीको सँस्थापक अध्यक्ष हुनुहुन्छ। fren