दुहवी/ नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोख्रेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उम्मेद्धवारलाई मात्र चिन्ने बताउनुभएको छ। सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो। IMG 809

उहाँले केपी ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिएर चुनावमा आए पार्टी एकता नतोडिनु बताउनुभयो । निर्वाचन आयोगमा गएर चुनाव नगर्न भनेर नधम्क्याउन समेत आग्रह गर्नुभयो। राजनीतिक रुपमा कु गरेर अस्थिरता शुरु गर्ने अस्थिरतापूर्ण कार्यहुन लागेकाले त्यसका बिरुद्ध ताजा जनादेशमा जानुपरेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ। IMG 805

उपप्रधानमन्त्री पोख्रेलले पुष्पकमल दाहालको ढुलमुले प्रवृतिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको भन्दै दाहालमा एउटा सहमति गर्ने अनि काम अर्को गर्ने प्रवृति चुनाव देखिनै देखिएका दृष्टान्त प्रस्तुत गर्नुभयो।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १का मुख्यमन्त्री शेरधन राईले अबिश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। दाहाल नेपाल समूहले केन्द्रमा पार्टी र राजकीय सत्ता कब्जा गर्न नसकेपछि प्रदेश कब्जा गर्न खोजेको भन्दै त्यो पनि असफल बनाइने बताउनुभयो। shredhan dai

नेकपा प्रदेश १अध्यक्ष देवराज घिमिरेले केपी ओलीलाई सडकमा पुर्‍याउछौ भन्नेहरु आफै सडकमा पुगेका बताउनुभयो। आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सूर्य चिन्ह केपी ओली नेतृत्वको नेकपाकै हुने दावी गर्नुभयो। मन्त्री कार्कीले भन्नुभयो उहाँहरु बयलगाडा लिएर हिडिरहनुभएको छ। निर्वाचन आयोगले सायद उहाँहरुलाई बलयगाढा चिन्ह दिने छ। vela

यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले सुनसरीमा गुमेको कम्युनिष्ट वर्चस्व अब फिर्ता गराइने दावी गर्नुभयो। केन्द्रीय सदस्य भगवति चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्यहरु तैयव हुसेन र रेवती भण्डारीले सम्वोधन गर्नुभयो। कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेतले स्वागत गर्नुभयो।