सुनसरी/ इलाका प्रहरी कार्यालय इटहरीले चोरीको मोटरसाईकलसहित दुईजना मोटरसाईकल चोरलाई पक्राउ गरेको छ। प्रहरीले को.१८ प ८५३६ र को ७ प ९६२५ नम्बरको मोटरसाईकलसहित दुईजनालाई पक्राउ गरेको हो।

इटहरी ४ का २४ बर्षीय बिकास भुजेलले चोरीको मोटरसाईकलहरु आफ्नै घर भित्र लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलिले भुजेल र उनका साथी सोहि ठाउँका २४ बर्षीय बिवेक अधिकारीलाई चोरी भएको मोटरसाईकलसहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीबाट चोरी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।