बिराटनगर/ प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरीक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ। शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे बुधबार सरोकारवालासँग अनलाईन छलफल गरिएको हो।

छलफलमा आएका सुझावसहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताउनुभयो। जेष्ठ नागरीक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम कोइरालाले प्रस्तुती गर्नुभएको थियो।

प्रदेश एकको सामाजिक बिकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठ नागरीक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ। १० बिगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने छ। सामाजिक बिकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ। photo 2

भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको भन्दै सामाजिक बिकास मन्त्री जीवन घिमिरेले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा स्तरीय बन्ने बताउनुभयो।

जेष्ठनागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो। उहाँले जेष्ठ नागरीक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा बिकास गरिने मन्त्री घिमिरेले बताउनुभयो। छलफलमा जेष्ठ नागरीक अभियानन्ताहरु मणि अज्र्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्य लगायतको सहभागिता थियो।