इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले सुरक्षा चेकजाँचको क्रममा अवैध रुपमा नेपाल भित्य्राउँदै गरेको सुर्तीसहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान प्रहरीले तीन बोरा खैनीसहित अरबिन्द्र मेहतालाई नियन्त्रणमा लिएको हो।

शनिबार बिहान (आज) इटहरी ८ पुष्पलाल चोकस्थित भित्रि सडकखण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा सुनसरीको हरिनगर गाउँपालिका ९का २३बर्षीय मेहतालाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको हो।

को ३ प ८३१८ नम्बरको मोटर साईकलमा पहेलो प्लाष्टिकको बोरामा प्याक गरेको तीनबोरा २४५ पोका (एउटा पोकामा १२ प्याकेटका दरले २,९४०प्याकेट) अबैध सुर्ति जन्य पदार्थ भारतबाट भन्सार छली नेपाल ल्याउँदै गर्दा नियन्त्रणमा लिएको छ।

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाईकल, चालक र बरामद समानसहित आवश्यक कारवाहिको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो।