बिराटनगर/ मोरङ्ग प्रहरीले अबैध मदिरासहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले आईतबार बिहान साढे ७ बजे तिर बिराटनगर १२ बस्ने ३०बर्षीया शान्ता आले, सोहि ठाउँका ४२बर्षीय कृष्ण तामाङ र ३० बर्षीया लक्ष्मी राईलाई पक्राउ गरेको मोरङ्ग प्रहरीले जनाएको छ।

IMG 2
प्रहरीले बरामद गरेको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ /तस्विर सौजन्य :मोरङ्ग प्रहरी

प्रहरीले उनिहरुसहित बिराटनगर १२ स्थित बिभिन्न मानिसहरुको घरबाट तयार पारेको अन्दाजी ४५ लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ५ हजार लिटर तथा मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडा वर्तन समेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगर बुझाईएको मोरङ्ग प्रहरीले जनाएको छ।