सुनसरी/ इटहरीको पहिलो इमर्जेन्सी सेवासहितको अस्पतालका रुपमा परिचित सामुदायीक अस्पतालले आफ्नै नयाँ भवनबाट सेवा प्रारम्भ गरेको छ। अस्पतालले इटहरी २ हलगडामा नया भवन निर्माण गरी सेवा आरम्भ गरेको हो। samudaik-aspatal-check

अस्पतालका सञ्चालक हेम गुरुङले अस्पतालले नयाँ भवनबाट समेत स्वास्थ्य सेवा प्रदान गर्न शुरु गरेको र इलाका प्रहरी कार्यालय अगाडीको पुरानो ठाउँमा भने क्लिनिकको रुपमा सेवा दिईने गुरुङको भनाई छ। smdk2

दैनिक एक सय बढी बिरामीलाई सेवा प्रदान गरिररहेको सामुदायीक अस्पताल इटहरीकै सर्वसुलभ र भरपर्दो सेवा दिने अस्पतालको रुपमा स्थापित भएको गुरुङको भनाई छ। सुनसरीका साथै बिभिन्न जिल्लाहरुबाट समेत आकस्मिक उपचारको साथै विशेषज्ञ सेवाको लागि बिरामीहरु अस्पतालमा आउने गरेका छन्। अस्पतालमा २४ सै घण्टा मेडिकल अफिसरहरुबाट इमर्जेन्सी सेवा सञ्चालनमा रहेको गुरुङको भनाई छ। नयाँ भवनबाट सेवा शुरु गरेपछि अझै धेरै बिरामीहरुले अझ स्तरीय सेवा पाउने गरुङले बताउनुभयो। smdk-chek

अस्पतालमा स्वास्थ्य जाँच, भिडियो र डिजिटल एक्सरे, दन्त सेवा, प्लाष्टर सेवा, निःशुल्क सुरक्षित मातृत्व सेवा, निःशुल्क क्षयरोग सेवा, बिभिन्न डाक्टरहरुको बिशेषज्ञ सेवासमेत दिइरहेको छ। गुरुङले डा.सुनिल शाहले दैनिक फिजिसियन सेवा सञ्चालन गरिरहेको साथै स्त्री रोग बिशेषज्ञ डा.सोमा गौतम, नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डा. राजेन्द्र राई, हाडजोर्नी तथा बाथ रोग विशेषज्ञ डा.कुमार गुरुङ र शम्भु शाहले स्वास्थ्य जाँच गर्ने गरेका छन्। smdk1

आफ्नै भवनमा अझ थप सेवाहरु बिस्तार गर्दै लगिने भन्दै अस्पतालले मुनाफामुखी नभई सेवामुखी ढंगले सेवा दिइरहेकोले आफूहरु बिरामीहरुको स्वास्थ्य सेवामा समर्पित रहेको जनाएको छ। कोरोनाको महामारीका बीचमा पनि विशेष सावधानी अपनाएर स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पताल प्रशासनको भनाई छ।