इटहरी/ प्रहरी नायव उपरिक्षक अर्जुन केसीले इलाका प्रहरी कार्यालय इटहरीको कमाण्ड सम्हालेको एक साता नपुग्दै ८जना पेसेवर चोर पक्राउ परेका छन्। प्रहरीले चोरीमा संलग्न दुईजना महिलासहित ८ जनालाई शनिबार पक्राउ गरेको हो।

इटहरी प्रहरीले बिराटनगर १ बस्ने २५ बर्षीया निलम परियार र सुनसरीको इनरुवा ३ बस्ने ३० बर्षीया आशा परियारसमेत अन्य ६ जनालाई शनिबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरुले २६ गते शुक्रबार रातको समयमा इटहरी ६मा रहेको ‘द बर्गर हाउस’को दोश्रो तलाको झ्यालबाट पसेर ढोका फोडि बर्गर हाउसको काउण्टरमा रहेको घर्रा फुटाएर घर्रामा रहेको ४३ हजार ५३ रुपैँया चोरी गरी फरार रहेका थिए।

तत्काल फरार रहेका उनिहरुलाई पहिचान गरे खोजी गर्ने क्रममा इनरुवाबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो।

पक्राउ परेकाहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात आइतबार जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी आवश्यक थप अनुसन्धान गरिरहेको प्रनाउ केसीले बताउनुभयो।