सुनसरी/ नेपाली हिन्दु महिलाको चाड हरितालिका तिज नजिकिँदै गर्दा तिजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। 11

सोही क्रममा इटहरीमा रहेको माया घरले शुभद्रा प्याकुरेल र राधिका कार्की थापाको परिकल्पनामा ‘हाम्रो माया घर’ बोलको गीत तुलसी घिमिरे अफिसियल युट्युबाट सार्वजनिक गरिएको छ। 22

म्युजिक भिडियोमा सडकमा हिड्दै गरेकी एक गर्भवती महिलालाई माया घरका सञ्चालकहरुले उद्दार गरेर लगेको र अब माया घरलाई नै माइती मानेर दुःख भुल्दै त्यही बस्न आग्रह गरिएको र माया घर अवस्थाका बारेमा देखाइएको म्युजिक भिडियोका निर्देशक तुलसी घिमिरेले बताएका छन्। 33

गीत निकै मार्मिक रहेको र गितमा गंगा गौतम आचार्य, अप्सरा बिष्ट, रमेश आचार्य र सुशील भट्टराईको आवाज सुन्न सकिन्छ। गंगा र तारा भट्टराईको शब्द रहेको गीतमा तारा, राधिका दासी, रमेश आचार्य र राधिका कार्की थापाको अभिनय देख्न सकिन्छ। इटहरीमा रहेको माया घरले हालसम्म थुप्रै सडक बालबालिका, महिला, वृद्ध र मानसिक समस्या भएकालाई उद्दार गरिसकेको छ।