इटहरी/ सुनसरीको इटहरीस्थित हटियालाईनका छत्रबहादुर राईको परिवारले गत बर्षहरुमा जस्तै यो बर्ष पनि स्वर्गिय नातिको स्मरणमा बालआश्रममा भोजन गराएको छ। राई परिवारले इटहरी ४स्थित निसहाय बालबालिका आश्रममा आश्रीत बालबालिकालाई भोजन गराएको हो। img-9977

अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि हटियालाईनका छत्र राईले स्वर्गिय नाति रेशाहाङ राईको छैटौँ स्मृति दिवसको दिन पारेर आश्रममा आश्रीत बालबालिकालाई भोजन गराउनुभएको हो। IMG_8546

अघिल्लो बर्षहरुमा जस्तै प्रदान गर्ने आर्थिक सहयोग भने राई परिवारले लकडाउनले अस्तब्यस्त बनाएको समयमा यसअघि नै प्रदान गरिसकेको आश्रम सञ्चालक गिता गौतमले बताउनुभयो। राई परिवारले आश्रममा आश्रित बालक डिमाण्ड गौतमलाई नाति बनाएर गौतमको शिक्षा दिक्षामा सहयोग पुर्‍याउँदै आएको छ। IMG_8534

आश्रमका आजिवन सदस्य रहेका छत्र राईले पाँचबर्षदेखि स्वर्गिय नाति रेशाहाङको स्मृतिमा हरेक बर्ष आर्थिक सहयोग गर्दै आउनुभएको छ। यस बर्षपनि श्रीमती पूर्णकुमारी राई स्वर्गिय बालकका बुवा भिम राई आमा उमा राई सँगै आश्रम पुग्नुभएका राईले आश्रित बालबालिकालाई मिठाई फलफुलका साथै बिहानको खाजा खुवाउनुभएको थियो। IMG_8538

यस्तै आश्रममा आश्रित बालबालिकाले नृत्य प्रस्तुत गर्दै नातीको स्मृतिमा भावुक भएको राईपरिवारलाई मन भुलाउन सहयोग गरेका थिए। यस्तै आश्रम सञ्चालिका गौतमले राईपरिवारलाई धन्यवाद ज्ञापन गर्दै सहयोगका लागि धन्यबाद ब्यक्त गर्दै आजिबन ऋणि रहने बताउनुभएको थियो।