सुनसरी/ सुनसरीको धरान उप-महानगरपालिका २० बिष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंगसहित तीनजना पक्राउ परेका छन्। धरान प्रहरीले मंगलवार साँझ ६ बजे उनिहरुलाई बिष्णुपादुकाबाट धरान आउँदै गर्दा पक्राउ गरेको हो। baramad 1

प्रहरीले लागुऔषध तथा जंगली जनावरको अंगसहित को २ ह ५४४७ नम्बरको टेम्पोका चालक धनकुटाको सहिदभुमी गाँउपालिका १ घर भई धरान ११ बस्ने २९ बर्षीय नन्दीमान राई, सोही टेम्पोमा सवार सहिदभुमी गाँउपालिका १ घर भई धरान ११ बस्ने १९ बर्षीय दिनेश भन्ने सबिन राई र उदयपुरको कटारी नगरपालिका २ ताप्ली घर भई धरान ११ बस्ने २० बर्षीय सागर राईलाई पक्राउ गरेको हो। pakrau 11

प्रहरीले बिष्णुपादुकाबाट धरान आउँदै गरेको सो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई राखेको २४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख १८वटा, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स साना सिंग ४वटा र कस्तुरी मृगको सिंग जस्तो देखिने छालासहितको दुईवटा सिंग पनि बरामद गरेको छ। tempo

पक्राउ परेका तीनैजनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको र जंगली जनावरको सिंग र पंक्षीको प्वाख आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय पाँचकन्या धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।