केराबारी/ मोरङ्गको केराबारी ७,१० र ८ भएर बग्ने खदम खोलामा जारी उत्खनन् तत्काल स्थगन गर्न जिल्ला समन्वय समिति मोरङ्गले निर्देशन दिएको छ। समितिले आईतबार यस्तो निर्देशन दिएको हो।

जिल्ला समन्वय समितिका संयोजक नरेश पोख्रेलले खदम खोलामा जारी उत्खनन् तत्काल स्थगन गर्न निर्देशन दिएको बताउनुभएको छ। पूर्वी खबरसँगको टेलिफोन सम्बादमा पोख्रेलले जारी उत्खनन् तत्काल रोक्न निर्देशन दिईएको भन्दै तोकिएको परिमाण भन्दा कम या बढि उत्खनन् भएको हो, तत्काल अनुगमन गरेर प्रतिबेदन पेश गर्न निर्देशन दिईएको बताउनुभयो।

pokhrel
जिल्ला समन्वय समिति मोरङ्गका संयोजक नरेश पोख्रेल

संयोजक पोख्रेलले खदम खोलामा भएको उत्खनन्मा कति परिमाणमा ढुंगा गिट्टी निकालिएको हो, प्रतिबेदन आएपछि तोकिएको परिमाण भन्दा बढि निकालिएको पाईए स्टक गरिएको ठाउँबाट जफत सम्म गर्न सकिने बताउनुभयो। पोख्रेलले पूर्वी खबरसँगको टेलिफोन सम्बादमा प्रतिबेदन आए पश्चात यदि तोकिएको जति उत्खनन् गरि नसकिएको भए तोकिएको परिमाण निकाल्न दिईने समेत बताउनुभएको छ।

khadam
खदम खोलामा जारी उत्खनन् (खदम खोलामा खनिए पछि देखिएको खोलाको तह रातो घेरामा)

एक नम्बर प्रदेश कै ‘बहुचर्चित’ खदम खोलामा केहि दिन यता लकडाउनको अवज्ञा गर्दै जथाभावी उत्खनन् गरिएको भन्दै चौतर्फी बिरोध भएपछि जिल्ला समन्वय समिति मोरङ्गले अनुगमन गरेर उत्खनन् तत्काल स्थगन गर्न निर्देशन दिएको हो।

र यो पनि : खदम खोलामा जारी उत्खनन् तत्काल रोक्न नेकपा केराबारीको माग