इटहरी/ नेपालमा थप ३२ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या ५४२ पुगेको छ। कपिलबस्तु, सर्लाही, बारा, काठमाण्डौ, रुपन्देही र चितवनका थप ३२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८ः४०मा जारी गरेको प्रेश बिज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकाकी २७ बर्षीया महिला यसैगरी सोहि नगरपालिकाका १७,१९,२२,२९,३५,४०,४२ बर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाएको छ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा सप्तरीको गोडैता नगरपालिका र कबिलासी नगरपालिकाका २० बर्षका तीनजना, २६ बर्षका दुईजना, ३५बर्षका दुईजना, १८, २१, २२, २३,२८,३३ बर्षका एकएकजना पुरुषमा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा नै गरिएको परिक्षणमा बाराको करैयामाई गाउँपालिकामा ३७ बर्षीय महिलामा र काठमाण्डौका ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २० बर्षीय दुईजना, २४ बर्षीय दुईजना, ३०बर्षीय दुईजना यसैगरी २४, २७ र ५५ बर्षीय एकएकजनामा कोभिड १९को संक्रमण पुष्टि भएको छ।

यसैगरी भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा चितवन जिल्लाको भरतपुर महानगरपालिका ६का ५२ बर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ।

आज संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

548

(प्रस्तुत समाचारमा पहिलो पटक बिवरण थप गरिएको/समाचार अपडेट गरिएको छ-सम्पादक)