इटहरी/ सर्लाहीको गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जारी गरेको कोरोना संक्रमितको बिज्ञप्ती त्रुटिपूर्ण रहेको बताउनुभएको छ। मेयर यादवले गोडैता नगरपालिकामा १२ वडा मात्र वडा रहेको भन्दै १३ र १४ नम्बर वडा नै नरहेकोले बिज्ञप्ती त्रुटिपूर्ण रहेको बताउनुभएको हो।

बिहान जारी बिज्ञप्तीमा सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ नम्बर वडामा संक्रमित भेटिएको उल्लेख भएपनि गोडैता नगरपालिकामा १२ वटामात्र वडा रहेको यादवले सञ्चारकर्मीलाई बताउनुभयो। ‘मन्त्रालयको रिपोर्टमा १३ र १४ नम्बर वडा पनि छ रे’ भन्दै गोडैता नगरपालिकाका मेयर यादवले बिहानैदेखि आँफु ब्यस्त रहेकोले सञ्चारकर्मीहरुलाईनै त्यस बिषयको खण्डन गरिदिन आग्रह गर्नुभएको छ।

मेयर यादवले गोडैतामा १४जनामा संक्रमण देखिएको र संक्रमितहरु सबै भारतको मुम्बई र दिल्लीबाट आएको उल्लेख गर्दै हिजोसम्म गोडैता नगरपालिकाका ६ वटा क्वारेन्टाइनमा १ सय ६० जना रहेका सञ्चारकर्मीलाई बताउनुभयो। 487 edit

मन्त्रालयले बिहान जारी गरेको संक्रमितको बिवरणमा सर्लाहीकै रामनगर गाउँपालिकामा १५ जना संक्रमित रहेको देखिने भाषा प्रयोग भएको छ। जुन पूर्णरुपमा गलत हो । रामनगर गाउँपालिकामा १ जनामात्र संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले स्वीकार्दै भाषिक त्रुटि हुन पुगेको जनाएको छ। गोडैतामा १४ जना र रामनगर गाउँपालिकामा १ जनामात्र संक्रमित रहेको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले शुक्रवार बिहान ९ बजेको अध्यावधिक बिवरणको भाषा त्रुटिपूर्ण भएको स्वीकार गर्दै मन्त्रालयको बिज्ञप्तिमा त्रुटि हुँदा स्थानीय जनप्रतिनिधि नै अन्योलमा परेको जनाउनुभएको छ।

‘सर्लाहीमा १जना महिलासहित १५ जनामात्र संक्रमित भेटिएका हुन्। गोडैता नगरपालिकाका वडा गनेर संक्रमितको संख्या पठाइएको छ,’ डा.अधिकारीले भन्नुभयो, ‘आगामी दिनमा स्पष्ट बिज्ञप्ति जारी गर्ने मन्त्रालय तत्पर रहनेछ ।’

(प्रस्तुत समाचारलाई हामीले खबर सेन्टर अनलाईनबाट लिएका हौँ-सम्पादक)

बिहान प्रकाशित समाचार हेर्नुहोस । थप तीसजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित हुनेहरुको संख्या ४८७