इटहरी/ नेपालमा थप तीसजनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या ४८७ पुगेको छ। चितवन, नवलपरासी, कपिलबस्तु र सर्लाहीका थप तीसजनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ९ बजे प्रेश बिज्ञप्ती जारी गर्दै संक्रमितको संख्या ४८७ पुगेको जानकारी गराएको छ। जसअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप तीस जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

बिज्ञप्तीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनय त्रिवेणी गाउँपालिका ६का ४५ बर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका ६ केसरबाघका ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिलामा, यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८का ३३, ३५ बर्षीय पुरुषहरु, १५ बर्षीया किशोरीमा, यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरु र ८ बर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको उल्लेख छ।

यस्तै बिज्ञप्तीमा सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र सर्लाहीकै रामनगर बहुअर्वा गाउँपालिका ७का २२बर्षीय दुईजना, २४,२७, ३२, ३५ र ३९ बर्षीय एक/एकजना, २५ बर्षीय दुईजना, ३४ बर्षीय दुईजना, ३८ बर्षीय दुईजना पुरुषहरु र १८बर्षीया किशोरीमा संक्रमण पुष्टि भएको उल्लेख छ। बिज्ञप्तीमा संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उल्लेख छ।

487

(प्रस्तुत समाचारलाई थप बिवरण अपडेट गर्ने क्रममा पहिलो पटक अद्याबधिक गरिएको छ -सम्पादक)