इटहरी/ झापा, धनकुटा र सुनसरीको धरानका थप १७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । थप १७ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ४४४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान प्रेश बिज्ञप्ती सार्वजनिक गर्दै संक्रमितको संख्या ४४४ पुगेको जनाएको छ। धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षण अनुसार थप १७ जनामा कोरोना भाईरस पुष्टी भएको हो।

जस अनुसार झापा कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १९, २३, २६ बर्षीय दुई/ दुईजना पुरुषमा र २२, २५, २८, ३०, ३२, ३७, ४६ बर्षीय एक / एकजना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।

यस्तै धनकुटाका ३४ बर्षीय पुरुष यस्तै सुनसरीको धरानकी ५१ बर्षीय महिलामा संक्रमण देखिएको छ। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बिज्ञप्तीमा उल्लेख छ ।

444