कञ्चनपुर / फागुन १५ गते घर भित्र मृत भेटिएका दम्पती हत्या प्रकरणमा छोराकै संग्लनता रहेको पुष्टि भएको छ। शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धानाको हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट आइतबारमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार हत्यामा संग्लन भण्डारी फागुन १४ गते लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका थिए भने सोही दिन डडेल्धुरा स्थित घर फर्किनका लागि हिडेका थिए। तर कैलालीको गोदावरी पुगेर उनी कलुवार फर्किएका थिए। सोही राती कलुवापुर घर पुगेका भण्डारीसँग धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेका थिए।

धनाको हत्यापछि उनले जयलालको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसनधानबाट खुल्न आएका छ। उनीहरुविच अशंवण्डाको विषयमा लामोसमयदेखि विवाद हुँदै आएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ।