डडेल्धुराका / डडेल्धुरामा एक सरकारी कार्यालयमा आइतबार राती बम बिष्फोट भएको छ।

सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा र झ्यालमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभयो।

बम बिष्फोट कसले गराएको भन्ने यकिन नभएको र यसबारे अनुसन्धान भइरहेको पौडेलले जानकारी बताउनुभयो। बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन्।