सुनसरी / सुनसरी इटहरी २ हवाइचोकका १८ बर्षीय पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार गरेका छन।

हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएको र उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

आमा माथी खुकुरी प्रहार गर्ने पारसलाई भनि खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।