काठमाण्डौ / प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरिएकी गायिका आस्था राउतप्रति प्रहरी नरम देखिएको छ।

प्रक्रियाका हिसाबले पीडित प्रहरी कर्मचारी प्रमिषा श्रेष्ठको उजुरीका अधारमा जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेका कारण गायिका राउतले प्रहरी कार्यालय जानुपर्ने हुन्छ। तर काठमाण्डौ प्रहरी परिसरले गायिका राउतका आमाबुवाले प्रहरी कार्यालय ल्याउने जिम्मा लिए पक्राउ नगरिने जनाएको छ।

परिसर प्रमुख उत्तम सुवेदीले सो जानकारी दिएको विवरणमा आएका छन्। बाबु हरिबहादुर राउतले पनि छोरी आस्थाबाट बोल्ने क्रममा केही गल्ती भएको स्वीकार गरेका थिए। यस्तै आस्था आफैंले पनि फेसबुक लाइभमा केही नराम्रा शब्द बोलेको स्वीकार गरेकी थिइन्।

उनी हाल सिक्किममा भएको कार्यक्रममा छिन्। उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने तयारीमा प्रहरी थियो। तर अभिभावकले प्रहरी कार्यालयमा आएर जिम्मा लिए पक्राउ नगरिने विवरण बुधबार सार्वजनिक भएको छ।