विराटनगर / विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी मंगलबार (आज) सञ्चालनमा आएको छ। नेपाल र भारतको दुई प्रधानमन्त्रीले सो चौकीको भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौबाट आईसीपी (इन्टिग्रेटेट चेक प्वाइन्ट)को संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो। यो नेपाल–भारत दोस्रो भन्सार जाँच चौकी हो।

यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ।

दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीसँगै उहााका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव गोख्ले, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य समेत सहभागी हुनहुन्थयो।