इटहरी / सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा ज्यान ज्याने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैँया आर्थिक सहायता दिने निर्णय गरेको छ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी ज्यान गएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख रुपैँया पाउने छन्।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर ज्यान गएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको छ।

यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।