इटहरी / इटहरी ५ का हरी प्रसाद आर्चायले ८ बर्षको उमेर देखिनै गाईपाल्दै आउनुभएको छ। अहिले पनि उहाँले १४ वटा गाई पालिरहनुभएको छ। उहाँले गाई पाल्न थालेको यतिका बर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाँउनुभयो। 83098748_10217499148323349_7068764098967633920_n

इटहरी उपमहानगरले अनुदानमा कुटी काटने मेसिन र दुघ राख्ने क्यान प्रदान गरेपछि ७६ बर्षका जेष्ठ नागरिक आर्चाय निक्कै खुशि देखिनुहुन्थ्यो।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सोमबार १५ जनालाई कुटिकाटने मेसिन, ५ जनालाई दुई दुइवटा क्यान र पाँचजनालाई क्रिम निकाल्ने मेसिन प्रदान गर्नुभएको हो। 82989359_3504374512968830_3286876800193396736_o

उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर वनाउन बिभिन्न समाग्री प्रदान गरिएको वताउनुभयो। उहाँले सात लाख रुपैँया वरावरको समाग्री प्रदान गरिएको वताउनुभयो। समाग्री प्राप्त गर्ने इटहरी ७ का कृषक रमेश भटटराईले स्थानीय सरकार पशुपालक कृषकका साथमा भएको आभाष मिलेको वताउनुभयो।

उपमहानगरले पचास देखि सत्तरी प्रतिशत अनुदानमा ती समाग्री वितरण गरेको हो।