काठमाण्डौ / सभामुख चयन प्रक्रिया पेचिलो बन्दै गएछि नेकपाका दुईजना अध्यक्षले एक घन्टा छलफल गर्नुभएको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा नदिने अडान राखेपछि यसको विकल्पका बारेमा छलफल भएको हो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच बिहीबार बालुवाटारमा एक घन्टा छलफल भएको छ।

एकातर्फ उपसभामुखले नै राजिनामा दिन मानेकी छैनन् भने अर्कोतर्फ सुवाचन्द्र नेम्वाङ र अग्नी सापकोटामध्येबाट कसलाई बनानने भन्ने पनि विवाद छ।

२६ पुसको सचिवालयले तुम्बहाम्फेलाई राजिनामा दिन लगाउने निर्णय गरेको थियो। सो निर्णयले आफूलाई केही फरक नपर्ने भन्दै तुम्बाहाम्फे सभामुखका लागि आफू नै योग्य रहेको अडानमा हुनुहन्छ।

एउटै दलबाट सभामुख र उपसभामुख रहन नसक्ने संवैधानिक व्यवस्था भएकाले शीर्ष नेताहरू भने उहाँलाई राजिनामा गराएर नेम्वाङ र सापकोटामध्येबाट एक जनालाई सभामुख पदका लागि अघि सार्ने योजनामा छन्। यही विवाद मिलाउन एक महिनादेखि संसद बैठक बस्न सकेको छैन।