विराटगनर /  जग्गा नापा जाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन(सर्बेक्षक) दिनेशकुमार साहलाई अख्तीयारको टोलीले सात हजार रुपैँया घुससहित पक्राउ गरेको छ।

सोमबार दिउँसो अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सातहजार रुपैँया घुससहित साहलाई बेलबारी १० भाउन्नेबाट रंगेहात पक्राउ गरेको हा । बेलबारी १० भाउन्नेका स्थानीय श्रेष्ठ थरका व्यक्तीको जग्गा नापी गरी सिमाङ्कन गर्न साहले सात हजार रुपैँया घुस मागेका थिए।

घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो। साहलाई अनुसन्धानका लागि इटहरी राखिएको उहाँले बताउनुभयो।