इटहरी / सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पुर्‍याएको छ।

लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताउनुभयो।

सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ।

सोही उद्देश्यअनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र समझदारीका लागि आवश्यक मस्यौदा आदान प्रदान गरिएको हो। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्।