केराबारी/ डाँगी फुटबल क्लव मोरङको केराबारी ७ आहाले डाँगीमा जारी बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा तालतलैया फुटबल क्लव इटहरीलाई पेनाल्टी सुटआउटमा ४–२ले रोक्दै फाईनल प्रवेश गरेको हो।

शुक्रबार भएको पहिलो सेमिफाईनल खेलको निधारित समय ५–५को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। डाँगीका लागि २१ नम्बर नम्बर जर्सीका सुमन राई, ६नम्बर जर्सीका रोशन लिम्बु, २ नम्बर जर्सीका हेम तामाङ र ११ नम्बर जर्सीका सन्तोष लिम्बुले गोल गरेका थिए भने १६नम्बर जर्सीका शुरेश राना मगरले पेनाल्टी मिस गरेका थिए।

IMG_9924
डाँगी फुटबल क्लवका खेलाडी, तस्विर: त्रिलोचन पौडेल

यता तालतलैयाका लागि ३ नम्बर जर्सीका अनिश बस्नेत, ७ नम्बर जर्सीका आशिष चौधरीले गोल गरेका थिए भने १२ नम्बर जर्सीका सजिवन राईको पेनाल्टी डाँगीका गोलकिपर सुमन थापाले रोकेका थिए। यस्तै तालतलैयाका जर्सी नम्बर ९का खेलाडी सनम लिम्बुले पेनाल्टी मिस गरेका थिए।

खेलको निधारित समयको पहिलो हाप शुरु भएको पहिलो मिनेटमा नै डाँगीका जर्सी नम्बर ११ का खेलाडी सन्तोष लिम्बुले पहिलो गोल गरेका थिए। यस्तै खेलको १७औँ मिनेटमा तालतलैयाका ९ नम्बर जर्सीका सनम लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

IMG_9925
तालतलैया फुटबल क्लवका खेलाडी, तस्विर:त्रिलोचन पौडेल

यस्तै २१ औँ मिनेटमा तालतलैयाका लागि जर्सी नम्बर १४ देव राईले गोल गर्दै खेललाई २–१ गोल अन्तर बनाएका थिए। तालतलैयाले पहिलो हाप २–१ गोल अन्तरले पछि पारेकोमा दोश्रो हाप शुरु भएको ३६औँ सेकेण्डमा नै डाँगीका जर्सी नम्बर २१का सुमन राईले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याएका थिए।

यस्तै दोश्रो हापको छैटौँ मिनेटमा डाँगीका लागि १६ नम्बर जर्सीका शुरेश राना मगरले गोल गर्दै खेललाई ३–२को अग्रता दिलाएका थिए। यस्तै ११औँ मिनेटमा २१ नम्बर जर्सीका सुमन राई खेलको चौथो तथा ब्यक्तिगत दोश्रो गोल गर्दै खेललाई ४–२को अग्रता दिलाएका थिए। राईले नै २२ औँ मिनेटमा आफ्नो समुहका लागि पाँचौ तथा ब्यक्तिगततर्फ ह्याट्रिक गर्दै खेललाई ५–२को अग्रता दिलाएका थिए।

यस्तै खेलको २८औँ मिनेटमा तालतलैयाका जर्सी नम्बर ३का अनिश बस्नेतले गोल गर्दै खेललाई ५–३का अन्तरमा ल्याएका थिए। यस्तै खेलको इन्जुरी टाईममा डाँगीका गोल किपर सुमन थापाले फल गरेपछि पाएको पेनाल्टीलाई तालतलैयाका जर्सी नम्बर ६का खेलाडी करन राईले गोलमा परिणत गर्दै खेललाई ५–४को गोल अन्तरमा ल्याएका थिए। यस्तै तालतलैयाका लागि एडिशनल टाईममा जर्सी नम्बर १६का खेलाडी सुमन श्रेष्ठले गोल गर्दै खेलाई ५–५को बराबरीमा ल्याएका थिए।

आजको अत्यन्तै रोमाञ्चक खेलमा डाँगीका जर्सी नम्बर २का सुजन मगरले पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउने अवसरबाट चुकेका थिए।

IMG_9976
म्यान अफ द म्याच प्रदान गर्दै प्र.स.नि.मण्डल, तस्विर:त्रिलोचन पौडेल

आजको खेलको म्यान अफ द म्याच डाँगीका लागि ह्याट्रिक गर्ने सुमन राई घोषित भएका छन्। राईलाई इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी सहायक निरिक्षक श्यामसुन्दर मण्डलले ट्रफि एवं नगद पुरस्कार प्रदान गर्नुभयो।

कात्तिक ११ गते समापन हुने एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया रहेको बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको भोली शनिबार हुने भनिएको दोश्रो सेमिफाईनल खेल बिशेष कारणबस पर्सी आईतबार तीनबजे खदम फुटबल क्लव केराबारी र पानबारी फुटबल टिम धरान ६का बीच शुरु हुने आयोजक समितिका सुवोध मगरले जानकारी दिनुभयो।

(फोटोफिचर)

IMG_9931 IMG_9934 IMG_9944 IMG_9926 IMG_9930 IMG_9973