झापा/ झापाको मेचीनगर–७ मा भएको आगोलागीमा परेर एकजनाको ज्यान गएको छ। १२ जना घाइते भएका छन्। आगो निभाउने क्रममा खाना पकाउने ग्यास बिस्फोट हुँदा मेचीनगर–८ की ४५बर्षीया सारदा राजवंशीको ज्यान गएको हो।

आगलागीमा ग्याँस बिस्फोट हुँदा बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२बर्षीय दिपेन्द्र कार्की, ३८बर्षीय चन्दन गौतम, ४०बर्षीय सुवलाल राजवंशी, ३५बर्षीय बिनोद गिरी, ३५बर्षीय नवराज श्रेष्ठ, २३बर्षीय सन्देश बोहोरा, ४०बर्षीय भवानीशंकर न्यौपाने, ३६बर्षीय हरि विक र ३६ बर्षीय निर्मल शर्मा र मेचीनगर–८ का ४०बर्षीय लेखनाथ तिमल्सिना घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उहाँहरुको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। मेचीनगर–८ का ८बर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन्।

गएराति केशव पाठकको घरमा आगलागी भएको थियो । सो घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो। टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ।
–न्युज कारखाना