सुन्दरहरैँचा/ सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा उम्मेद्वार बन्नुभएका कृष्णप्रसाद रिजाल बिजयी हुनुभएको छ। शनिबार भएको निर्वाचनमा ३६मतले नेकपाको समर्थनमा उम्मेद्वार बन्नुभएका स्वतन्त्र ब्यक्तित्व टिका प्रसाद कट्टेललाई पछि पार्दै रिजाल बिजयी हुनुभएको हो।

रिजालले ३ सय ६२ मत प्राप्त गर्दै बिजयी बन्दा कट्टेलले ३ सय ३६ मत प्राप्त गर्नुभयो। ८सय ४८मतदाता रहेको संघको निर्वाचनमा ७ सय ६५ मत खसेको थियो।

त्यसैगरी प्रथम उपाध्यक्षमा रिजाल समूहका दुर्गाकुमार श्रेष्ठ ७६ मतले कट्टेल समुहका ज्ञानप्रसाद ढकाललाई पछि पार्दै बिजयी हुनुभएको छ। श्रेष्ठले ३ सय ९९ मत पाउँदा कट्टेल समूहका ज्ञानप्रसाद ढकालले ३ सय २३ मत प्राप्त गर्नुभयो।

यसैगरी द्वितीय उपाध्यक्षमा कट्टेल समूहका डोलेश्वर तिम्सिना(नबिन) ७८ मतले रिजाल समुहका गोबिन्द अधिकाीलाई पछि पार्दै बिजयी हुनुभएको छ। तिम्सिना ३ सय ९४ मतका साथ बिजयी हुँदा अधिकारीले ३ सय १६ मत प्राप्त गर्नुभयो।

त्यस्तै महासचिवमा रिजाल समूहका नारायण कार्कीले कट्टेल समुहका सन्तोष बान्तवालाई १८ मतले पछि पार्दै बिजयी हुनुभएको छ। कार्कीले ३सय ७२मत ल्याएर बिजयी हुँदा बान्तवाले ३ सय ५४मत प्राप्त गर्नुभयो।

यस्तै उद्योग सचिवमा कट्टेल समूहका हरि कार्कीले रिजाल समुहका अर्जुन गजुरेललाई ९६ मतले पछि पार्दै बिजयी हुनुभएको छ। कार्कीले ४ सय ५मत ल्याएर बिजयी हुँदा रिजाल समुहका गजुरेलले ३ सय ९ मत प्राप्त गर्नुभयो।

यसैगरी बाणिज्य सचिवमा रिजाल समूहका उज्वल थापाले कट्टेल समुहका रामकृष्ण खड्कालाई २४ मतले पछि पार्दै बिजयी हुनुभएको छ। थापाले ३ सय ६६ मत ल्याएर बिजयी हुँदा कट्टेल समुहका खड्काले ३ सय ४२ मत प्राप्त गर्नुभयो।

त्यसैगरी कोषाध्यक्षमा रिजाल समूहका शारदाप्रसाद ढकालले कट्टेल समुहका डिल्ली प्रसाद ढकाललाई ३२ मतले पछि पार्दै बिजयी हुनुभएको छ। शारदा ढकालले ३ सय ६८ मत ल्याए बिजयी हुँदा कट्टेल समुहका डिल्ली ढकालले ३ सय ३६ मत प्राप्त गर्नुभयो।

यसैगरी लेखा समिति संयोजकमा रिजाल समुहका कृष्णप्रसाद ओझाले कट्टेल समुहका रुद्र थापालाई ३३ मतले पछि पार्दै बिजयी हुनुभएको छ। ओझाले ३सय ५१ मत ल्याउँदा थापाले ३ सय १८ मत प्राप्त गर्नुभयो। लेखा समिति सदस्यमा रिजाल समुहका डम्बर कार्की बिजयी हुनुभएको छ। कार्कीले ३ सय ७३मत प्राप्त गर्नुभयो।

यस्तै अर्का सदस्य पदमा रिजाल समूहका गोपाल फुयाँल र कट्टेल समुहका ध्रुवप्रसाद दाहालले बराबरी ३ सय ७ मत प्राप्त गरेपछि गोलाप्रथा गर्दा रिजाल समुहका फूयाँल बिजयी हुनुभयो। यस्तै अर्को सदस्य पदमा कट्टेल समुहका भक्तिबिलास घिमिरेले ३ सय २ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ।

यस्तै महिला सदस्यमा दुवै समुहबाट दुई/दुईजना बिजयी हुनुभएको छ। रिजाल समुहकी रञ्जु गुरागाई (आचार्य) ४ सय १६ मत र ३ सय ५२ मत ल्याएर रिता सापकोटा बिजयी हुनुभएको छ। त्यस्तै कट्टेल समुहबाट ३सय ३० मतका साथ तारा शाक्य र २ सय ४८ मतका साथ किरणदेवी रौनियार बिजयी हुनुभएको छ।

सदस्यहरुमा दुवै समुहबाट ६/ ६जना बिजयी हुनुभएको छ। रिजाल समुहबाट ३ सय ८४ मतका साथ दिपककुमार भण्डारी, ३ सय २४ मतका साथ शंकर बजगाईं, ३ सय २३ मतका साथ बालकृष्ण गिरी, ३ सय ७ मतका साथ गीताबहादुर सोडारी, २ सय ९३ मतका साथ देवनारायण श्रेष्ठ र २ सय ६९ मतका साथ लैनबहादुर योञ्जन बिजयी हुनुभएको छ।

यसैगरी कट्टेल समुहबाट ३ सय ५९ मतका साथ महेन्द्रकुुमार आचार्य, ३ सय ५६ मतका साथ राजकुमार बस्नेत (बिप्लव), ३ सय ४५ मतका साथ मनोज गुरागाई, ३ सय ३० मतका साथ टेकबहादुर सार्की(कुमार मिजार), ३ सय १६ मतका साथ सुरेशकुमार श्रेष्ठ र २ सय ७५ मतका साथ बिष्णु प्रसाँई निर्वाचित हुनुभएको छ।

तीनजना यस अघि नै निर्बिरोध निर्वाचित
खुद्रा व्यवसायी, होटल व्यवसायी र सुनचाँदी व्यवसायीलाई छुट्याइएको कोटामा १/१ जनाको मात्रै उम्मेद्वारी परेकाले तीनजना निर्बिरोध निर्वाचित भएका छन्।

होटल व्यवसायीको कोटाबाट सुन्दरहरैंचा–१२ का व्यवसायी गणेशकुमार खड्का र सुनचाँदी व्यवसायीको कोटाबाट बाबुराम बुढाथोकी र खुद्रा व्यवसायीको कोटाबाट सुन्दरहरैंचा १० का व्यवसायी सुरज भट्टराई निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त केशव अधिकारीले बताउनुभयो।

निर्वाचनको लागि ४७ जनाले उम्मेद्वारी दिएकोमा ७ जनाले नाम फिर्ता लिएका थिए।

को हुन् अध्यमा निर्वाचित कृष्णप्रसाद रिजाल ?
२०५४ सालमा मोरङको सलकपुरमा पप्पु स्टोर नाम गरेको खुद्रा पसलबाट व्यावसायीक यात्रा शुरु गर्नुभएका रिजाल २०६०देखि थोक बिक्रेता हुँदै २०७५ सालदेखि उत्पादन, थोक र खुद्रा व्यवसायमा संलग्न हुँदै आउनुभएको छ।

सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रिजाल भुल्के बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष, शिक्षा निकेतन मा.वि सुन्दरहरैंचा ८ का बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लायन्स क्लबका सदस्य, इन्द्रपुर जेसीजका मानार्थ सदस्य एवं रेडियो सुसेलीका शेयर सदस्य रहनुभएका रिजाल यसअघि उद्योग बाणिज्य संघका बिभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ।

२०५७ देखि कार्यसमिति सदस्य रहनुभएका रिजाल संघको कोषाध्यक्ष त्यसपछि सचिव, महासचिव, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

राधाकृष्ण ट्रेडर्स सुन्दरहरैंचा, कञ्चनजंगा इण्डस्ट्रिज प्रा.लि, प्रणाम इन्टरप्राइजेज, चान्स इन्टरनेसनल प्रा.लि र महामति ट्रेडर्सलगायतका व्यवसायमा आबद्ध रिजाल सफल व्यवसायीका रुपमा सुन्दरहरैंचामा परिचित व्यक्ति रहेको निष्पक्ष खबरमा समाचार छ।