सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) इटहरी (मुलप्रबाह)को अध्यक्षमा याम कुमार सुब्बा चयन हुनुभएको छ। साविक नेकपा एमालेको चार कार्यकाल इटहरीको नेतृत्व गरिसक्नुभएका सुब्बाले पुन : नेकपा इटहरीको जिम्मेबारी पाउनुभएको हो।

अब नयाँ उत्साह र नयाँ शिराबाट पार्टी र जनता बीचको सम्वन्धलाई सुदृढ गरिने सुब्बाले बताउनुभएको छ। उहाँले ब्यवस्थित कार्ययोजनाका साथ पार्टी संगठनलाई सुदृढ गर्दै जनतामाझ पुग्ने जानकारी दिनुभयो।

नेकपा इटहरीको उपाध्यक्षमा चुडामणि भट्टराई र सचिवमा दुखीलाल चौधरी चयन हुनुभएको छ।