केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै जंगली हात्तीबाट हुन सक्ने धनजनको क्षतिलाई मध्यनजर गर्दै केराबारीबासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गाउँपालिकाद्वारा जारी सुचनामा सोमबार राती (गएराती) ११ बजे बेलबारीस्थित अमना सिसौली क्षेत्रमा ५वटा जंगली हात्ती जंगलबाट गाउँ पस्न लागेको अवस्थामा सव–डिभिजन वन कार्यालय बेलबारीको गस्ति टोलिले पुनः जंगलतिर नै फर्काएकाले जंगली हात्तीबाट हुन सक्ने धनजनको क्षतिलाई मध्यनजर गर्दै सवै वडाबासीलाई उच्च सतर्कता अपनाउन जानकारी गराइन्छ भनिएको छ ।

सुचनामा कसैले आफ्नो ठाँउ गाउँमा जंगली हात्ती देखेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । kerabari