फाइल तस्विर

विराटनगर / सिंघीया खोलामा मंगलबार बिहान प्रवल घिमिरेको शव भेटिएको छ। शव विराटनगर– २ का ५० वर्षीय घिमिरे भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका घरबाट निस्किएका घिमिरे नफर्किएपछि प्रहरीलाई खबर गर्दै परिवारका सदस्यले खोजी थालेका थिए।

खोला आसपासका स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेको मोरङ प्रहरीले जनाएको छ। खोलाको पानी भित्र डुबेको अवस्थामा शब भेटिएको प्रहरीले बताएको छ। ज्याकेट र अन्य कपडा तथा जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ।

शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।