जनकपुरधाम, माघ १७
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम संगठनका केन्द्रीय प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा तथा मधेस प्रदेश इञ्चार्ज लीला नाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
भेलामा प्रदेश अध्यक्ष चण्डेश्वर मण्डल, पार्टी केन्द्रीय सदस्यहरू महमद क्याश र मोबिन आलम, प्रदेश सचिव मनोज पौडेल, उपाध्यक्ष बिचारी यादव, प्रदेश सदस्यहरू शंकर महतो, मोहतरी क्षेत्र नं. १ का उम्मेदवार लक्ष्मी महतो, मोहतरी जिल्ला पार्टी अध्यक्ष बलराम अधिकारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यस्तै संगठनका हेडक्वाटर सदस्य लभ अधिकारी, केन्द्रीय कमाण्ड सदस्यहरू हरि नारायण महतो, श्याम मोक्तान, रमेश गोले, मोहन लामिछाने, प्रदीप गुप्ता, सतेन्द्र यादव, अरुण कुमार श्रेष्ठलगायत पार्टीका विभिन्न तहमा जिम्मेवारीमा रहेका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलाले संगठनको संरचनालाई थप सुदृढ बनाउँदै नवराज बस्नेतलाई युनिफाइड प्रमुख कमाण्डर तथा सिताशरण यादवलाई सहकमाण्डर घोषणा गरेको छ।
साथै, सात जना युनिफाइड हेडक्वाटर सदस्यसहित प्रत्येक जिल्लाबाट ५/५ जना प्रतिनिधित्व हुने गरी ४९ सदस्यीय कमाण्डर कमिटी गठन गरिएको छ।
त्यसैगरी मधेस प्रदेशका १३६ पालिकाबाट १३६ नगर प्रमुख कमाण्ड समेत घोषणा गरिएको छ।





















