एजेन्सी / विवाहपछि महिलामा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ। विवाहपछि श्रीमानसँग शारीरिक सम्बन्ध रहन्छ। यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ। यस क्रममा महिलाको शरीरमा एस्ट्रोजनलगायतका कैयौँ हर्मोनको मात्रा बढ्न जान्छ। यस्तो हर्मोनले यस्ता शारीरिक तथा मानसिक परिवर्तन देखिने गर्छ।

– महिलामा बढ्ने हर्मोनले भोक बढ्ने, फ्याट जम्मा हुने, तौल बढ्ने गर्छ।

– विवाहका कारण महिलामा कैयौँ यस्ता हर्मोन बढ्ने गर्छ, जसले स्किनलाई सफ्ट, ग्लोइङ र स्वस्थ बनाउने  गर्छ।

– स्ट्रोजन हर्मोन बढ्दा कपाल कालो र बाक्लो हुने गर्छ।

– विवाहपछि महिलामा फ्याट बढ्ने गर्छ। पेट, थाई, हिप्स र चेस्टमा बढी मात्रामा फ्याट जम्मा हुन्छ।

– महिलामा हुने स्ट्रोजन हर्मोनले मुटुलाई सुरक्षा दिने काम पनि गर्छ। यसले शरीरको गन्ध पनि कडा बनाउँछ।

– हर्मोन एक्टिभेट हुने र तनाव कम हुने कारण मस्तिष्क पनि बढी सक्रिय र स्वस्थ रहन्छ।

– महिनावारी भने ढिलो वा छिटो हुन सक्छ।